
काठमाडौं । गर्विलो ईतिहास बोकेको सिंहदरबार वैद्यखाना दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । वार्षिक खबांै रकम फ्रिज हुने तर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिदमा सरकारले अलिकति पनि ध्यान नदिँदा वैद्यखाना आफै थलिएको हो ।
कुनै समय सिंहदरबार वैद्यखानाका कर्मचारीलाई औषधि उत्पादनमा भ्याईनभ्याई हुने गथ्र्यो । नियमित कर्मचारीले नपुगेर १५ देखि २० जनासम्म ज्यालादारी कर्मचारी भर्ना गरेर उत्पादन गर्ने गरिन्थ्यो । ४ सय वर्षको ईतिहास बोकेको यस वैद्यखानामा एक समय एकसय बढी औषधि उत्पादन हुने गथ्र्यो । अहिले भने वैद्यखाना सुनसान अवस्थामा छ ।
पछिल्लो तीन महिनादेखि वैद्यखानाका मेसिन चलेकै छैनन् । आवश्यक कच्चा पदार्थको अभावमा मसिन चल्न नपाएका हुन् । त्यसो त भएका कर्मचारीले ४ महिनादेखि तलब समेत पाएका छैनन् । कर्मचारीहरु काम नभएको सिंहदरबार वैद्यखाना उत्पादन प्रमुख हरिदेव प्रसाद यादवले बताउनुभयो ।
विरामीहरुको पहिलो रोजाइमा पर्ने वैद्यखानाका उत्पादन यो अवस्थामा पुग्नुमा सरकार नै जिम्मेवार रहेको कर्मचारीको भनाइ छ । सुझाव संकलन गर्ने तर कुनै सुनवाई नहुने नियति वैद्यखानाले भोक्दै आएको छ । शाखा विस्तार गर्दै लैजानुपर्ने वैद्यखाना केन्द्रमै नाजुक स्थ्तििमा पुग्नु विडम्वना भएको यादव बताउनुहुन्छ ।
सिंहदरबार वैद्यखाना आफै थलिएर कति बेला मृत्युवरण गर्छ भन्ने अवस्थामा पुगेको बेला स्वास्थ्य मन्त्रालय अन्र्तगत नै रहेको नरदेवी आयुर्वेद चिकित्सालयमा भने सेवाग्राहीलाई सेवा पुर्याउन भ्याईनभ्याई छ । दैनिक दुई सयसम्म सेवाग्राहीलाई सेवा दिइरहेको यो चिकित्सालयमा दैनिक १ लाख बढीको त औषधि बिक्रि हुने गरेको छ । चिकित्सालयप्रति आकर्षण बढेपछि अहिले कार्यरत कर्मचारीको संख्या दोब्बर बनाएर सेवा दिने तयारीमा अस्पताल रहेको आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक श्यामबाबु यादव बताउनुहुन्छ ।
आयुर्वेद उपचारप्रति सर्वसाधारणको भरोसा र आकर्षण छ भन्ने नरदेवी चिकित्सायलको व्यस्तताले पुष्टि गर्दछ । तर, देशकै जेठो आयुर्वेद औषधि उत्पादक सिंहदरबार वैद्यखाना थला पर्नुमा सरकार मात्रै होइन त्यहाँको नेतृत्व पनि उत्तिकै जिम्मेवार छ भन्न संकोच मान्नुपर्दैन ।
प्रतिक्रिया दिनुहोस्