२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


९० सालको भूकम्पले ढलेका सम्पदा अझै उठेनन्


1.209k
Shares

काठमाडौं । २०७२ सालको भूकम्पपछि ऐतिहासिक धरहरा पुनः निर्माणको नाममा नयाँ टावर बनिरहेता पनि १९९० सालको महाभूकम्पले खण्डहर बनाएका धेरै मौलिक सम्पदा पुनः निर्माण हुन सकेका छैनन् । यसमध्ये एक हो पाटनको मगंलबजारमा रहेका दुई वटा शिखर शैलीका मन्दिर जसको अस्तित्व नै समाप्त भइसकेको छ ।

विश्व सम्पदामा सूचिकृत पाटन दरवार क्षेत्र ललितकलाले भरिएको प्राचिन शहर हो । यहाँ रहेका मौलिक सम्पदाहरु विभिन्न कालखण्डमा नासिएका छन् । यसैमध्ये एक हो हःखा टोलमा रहेको भष्मेश्वर महादेव सहितको दुई वटा शिखर शैलीका मन्दिर जसको अहिले अस्तित्व नै समाप्त भइसकेको छ । मल्ल कालमा बनेका मन्दिरहरु ९० सालको महाभूकम्प वा त्यस अघि विभिन्न कारणले नासिएको हुन सक्ने अनुमान गरिएको छ । तर, मन्दिरहरु नासिनु अघि खिचिएको यस फोटोले त्यस स्थानमा दुई वटा मन्दिर रहेको प्रमाणित हुन्छ । फोटो र यहाँ रहेका अवशेषका आधारमा सोही शैलीमा मन्दिर पुनस्थापना गर्नु पर्ने आवाज पनि उठेको छ । तर, हाल यहाँ सानो पार्क बनाइएको छ जहाँ चिया खाएर बस्न सकिन्छ । ललितपुर संस्कृति सम्वद्र्धन केन्द्रका अध्यक्ष वदनलाल न्याछ्यों गहन अध्ययन र अनुसन्धान पछि मात्र पुरानै मौलिक शैलीमा सो मन्दिरहरु पुनस्थापना गर्नु पर्ने बताउनुहुन्छ ।

सांस्कृतिक महत्वको विश्व सम्पदा रहेका पाटन शहरका यस्ता कयौं मन्दिरहरु पुनस्थापना वा पुनः निर्माणमा सरकारले प्राथमिकता दिनु पर्ने संम्पदाप्रेमी किशोर बज्राचार्यको बताउनुहुन्छ ।

९० सालको भूकम्पले नष्ट भएको मल्लकालिन भाईदेगः विश्वनाथ मन्दिर पनि अहिले आएर पुननिमार्ण भएरहेको छ । त्यसैले यस्ता अस्तित्व गुमाइसकेका मन्दिरहरुको अनुसन्धान गरि पुनस्र्थापना गर्नुपर्ने अभियानको पनि थालनी भएको हो ।

नेपाल संम्पदामा ‘गुरु राष्ट्र’को उपमाबाट समेत चिनिएकोले भावी पुस्ताका लागि पनि नष्ट भइसकेका सम्पदाहरु पुनस्थापना गरेर संरक्षण गर्नु पर्ने न्याछ्योंको जोड छ ।

किंरात कालदेखि विभिन्न काल खण्डमा नष्ट भएका यस्ता मौलिक सम्पदाहरुको पुरातात्विक प्रमाणका आधारमा पुन स्थापना गर्ने सके नेपाल कै पहिचान विश्वमा स्थापित हुनेमा दुईमत नहोला । त्यसैले यसका लागि राज्यस्तरबाटै ठोस योजना बनाएर कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।