२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वर्ष २०८० मा राम्रो रह्यो खेल क्षेत्र


299
Shares

काठमाडौं । वर्ष २०८० खेल जगतका लागि उत्हासजनक रह्यो । खेल जगत विशेषगरी क्रिकेटमय रह्यो । यो वर्ष नेपाली क्रिकेटले विभिन्न प्रकारको किर्तीमान राख्न सफल हुँदा नेपाली फुटबल जगतले पनि थुर्पै रेकर्ड राख्यो ।

२०८० मा भएको १९ औं एसियन गेम्स (एसियाड)देखि अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेल जतग विभिन्न सफलता हासिल गर्न सफलभयो । २०८० वैशाख ५ देखि सुरू भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएर सुरू गरेको क्रिकेट यात्रा वर्षको अन्तिम दिन अर्थात् चैत्र ३० मा नेपालले फेरि एसिया कपमा छनोट हुने अवसरसंगै टुंग्यायो ।

वर्ष २०८० मा क्रिकेटले उल्लेख सफलता हात पा¥यो । घरेलु मैदानमै भएको आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलमा पुग्दै नेपाल सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाउन सफलभयो । वर्षको शुरुमा नै एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता ठूला टिमसँग ऐतिहासिक प्रदर्शन ग¥यो ।

यस्तै, एसियन गेम्समा नेपालले टी–२० आईको एकै खेलमा सबैभन्दा छिटो शतक र अर्धशतकको कीर्तिमानसहित एकै खेलमा सर्वाधिक रन बनाउने र फराकिलो अन्तरको जितको कीर्तिमान बनायो । नेपाली खेलकुदमा बर्ष २०८० मा भएका गतिविधिमा क्रिकेटमा पुरुष सिनियर टोली टी–२० विश्वकपमा छनोट हुनु गौरबको विषय बन्यो । यू–१९ टोलीले खेलकुदको इतिहासमा ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकप खेल्यो । समग्र रुपमा नेपाली क्रिकेट बिश्वजगतमा वाहवाही कमाउन सफलभयो । यद्दपी क्रिकेटका सर्वाधिक चर्चित खेलाडी सन्दिप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भई ८ वर्षको कैद सजायँको फैसला यही वर्ष भयो ।

महिला खेलाडीहरुको बर्चस्व पनि यो बर्ष कायम रह्यो । रशिला तामाङ र सुनमाया बुढाले अल्ट्रा ट्रेल रेसको उपाधि जित्दा सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्याराथनमा डेब्यूमै स्वर्ण जितिन् । यस्तै रुविना क्षेत्री अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बन्यो ।

नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले देशी विदेशी भूमिमा ऐतिहासिक प्रदर्शन गर्दै कीर्तिमान बनाइन् । उनले नेपालका लागि ५० गोलको कोशेढुंगा मात्र पूरा गरिन्न् विश्वकै उत्कृष्ट महिला लिग मानिने फ्रेन्च लिगको शीर्ष डिभिजन क्लब इए गुइगामपमा अनुबन्ध हुने पहिलो नेपाली फुटबलरको कीर्तिमान बनाइन् । सन्तोषी श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा डेब्यूमात्र गरिनन्, बंगलादेशमा भएको बंगबन्धु म्याराथनमा साउथ एसियनतर्फ ऐतिहासिक स्वर्ण जितिन ।

यसवर्ष नेपालको पुरुष फुटबल टिमको प्रदर्शन भने त्यति राम्रो हुन सकेन । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले नेपालका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गर्नुबाहेक फुटबल जगतमा कुनै प्रगति भएन । जे होस केही हद सम्म सुधारिएको खेल जगतले आगामी बर्षमा अझै फड्को मार्ने विश्वास गर्न सकिन्छ ।