१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पूँजीगत खर्च निराशाजनक


117
Shares

काठमाडौं । विगतका वर्षझै यस वर्ष पनि पूँजीगत खर्च निराशाजनक नै रहेको छ । स्रोत अभावमा हुनुपर्ने भुक्तानी नहुनु र खर्च गर्ने शैली पुरानै हुनुले पूँजीगत खर्च सन्तोषजनक हुन नसकेको महालेखाको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को सकिन एक महिना मात्रै बाँकी रहँदा पनि पूँजीगत खर्च निराशाजनक छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ अन्तिमसम्म्मा पूँजीगत खर्च ४४ प्रतिशत मात्रै रहेको छ । जेठ मसान्तसम्ममा विकास कार्यमा ३ खर्ब २ अर्ब बराबरको लक्ष्य रहेपनि १ खर्ब ३३ अर्ब रुपैयाँ बराबर मात्र खर्च भएको छ ।

महालेखाको तथ्यांकअनुसार हालसम्म राजश्व पनि ६४ प्रतिशत मात्रै उठेको छ । सरकारले ६ महिनासम्म कुल ५ खर्ब ६६ अर्ब ६२ करोड रुपैयाँ खर्च गरिसकेको छ । बजेट खर्च कार्यन्वयन सुस्त हुँदा यसपालि पनि लक्ष्य नभेट्ने राष्ट्रिय योजना आयोगका पूर्व सहसचिव डा. पुष्पलाल शाक्य बताउनुहुन्छ ।

पूर्वतयारी विना गरिएको बजेटले लागत, समय र प्राप्त हुने सेवा सुविधा जनताले नपाउने हुँदा आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने त छदैछ साथै अनुगमन फिलतो र विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले समेत पूजीगत खर्च निराशाजनक भएको हो । विगतका वर्षमा जस्तै आर्थिक वर्षको अन्त्यमा बजेट खर्चको प्रतिशतमा उकालो लाग्ने सम्भावना यस वर्ष पनि देखिन्छ । चालुखर्च र पूजीगत खर्चमा फरक किन हुन्छ भन्ने प्रसंगमा कर्मचारी खर्च, संवैधानिक नियुत्तिमा हुने खर्च लगायत विदेशी र स्वदेशी ऋण तिनुपर्ने अनिवार्य दायित्व भएकाले चालुखर्च र पूँजीगत खर्च बीचको दूरी रहेको डा. शाक्य बताउनुहुन्छ ।

स्थानिय तह, प्रदेश सरकार, अन्तर मन्त्रालयगत समन्वय नहुनु, आयोजनामा समयमा नियुत्ति नहुनु र भएका नियुत्ति पनि सरकार परिवर्तनसँगै परिवर्तन हुँदा समेत विभिन्न आयोजना अलपत्र परेका छन् ।

२५ वर्षदेखि निर्माणाधिन रहेको मेलम्चि खानेपानी आयोजना अझै बनाइराख्नुपर्ने, पोखरा अन्र्तराष्ट्रिय विमानस्थल प्रयोगमा नआउनु, निजगढ अन्र्तराष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक कुरामा मात्रै सीमित हुनुले पनि पूँजीगत खर्च ज्यादै निराशाजनक देखिएको हो ।