
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा आयात अत्याधिक हुँदा मुलुकको व्यापार घाटा उत्कर्षमा पुगेको छ । वस्तुको उत्पादन र गुणस्तरमा ध्यान नदिँदा मुलुकले वर्षाेदेखि निर्यातदर उकास्न सकेको छैन । स्वदेशमै उत्पादन हुने कृषिजन्य वस्तुमा समेत परनिर्भर हुँदा व्यापार घाटा थेगिनसक्नु छ ।
चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १ दशमलव ७२ प्रतिशतले व्यापार घाटा भएको छ । अर्थात अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब बराबरले व्यापार घाटा भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार महशुल कम हुँदा स्वदेशी वस्तुले विकसित मुलुकका आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले मुख्यत भन्सार महशुल र गैह् भन्सार महशुलनै आयात र निर्यात बीचको बाधक रहेको अर्थविद् पुरुषोत्तम ओझा बताउनुहुन्छ ।
भन्सार महशुल बढाउदा पनि स्वदेशी उद्योगलाई संरक्षण गर्न खुला सीमानाका कारण गाह्रो हुने गरेको छ । तीनतिर खुला सीमानाका कारण अनौपचारीक व्यापारलाई नियन्त्रण गर्न कठिनाई हुने गरेको अर्थविद् पुरुषोत्तम ओझा बताउनुहुन्छ ।
नेपालमा तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका वस्तुको विकास, विस्तार र निर्यात गर्ने व्यवस्थालाई अभियानकै रुपमा लगिनुपर्ने आवश्यक छ । तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक बस्तुहरुको पहिचान भइसके पनि व्यवहारमा कार्यन्यन नहुनु दुखत पक्ष हो । संगै बजार व्यवस्थापन, उत्पादनमा कमी र गुणस्तरीय बस्तुलाई पनि आयात गर्ने मूलुकले झन्झटिलो प्रक्रिया बनाउदा निकास सहज हुन सकेको छैन ।
चालु आर्थिक वर्षमा पेट्रालियम पदार्थ, विद्युतीय गाडीको आयात गलैचा, इलाइचीको निर्यात उच्च देखिएको छ । भन्सार विभागको तथ्यांकमा जिउँदो खसी, माछा लगायत मासुजन्य पदार्थ, त्यसैगरी चिज बटर, घिउ लगायत दुग्धजन्य पदार्थ आयात गरिएको छ जुन नेपालमै आत्मनिर्भरताको अवस्थामा उन्मुख छन् जसले गर्दा पनि आयात निर्यातको असन्तुलन प्रष्ट देख्न सकिन्छ ।
नेपालको कृषिजन्य वस्तु, अलैची, चिया, कफि, अदुवा छुर्पी लगायत दुग्धजन्य पदार्थ, गलैचा, पश्मिना, हस्तकला लगायत तयारी पोशाकको राम्रो विदेशमा राम्रो स्थान रहेको छ । यस्तै अन्य वस्तुलाई पनि गुणस्तरमा ध्यान दिएर उत्पादन बढाउनु पर्ने वज्ञको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्