२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


वित्तीय ज्ञान र लगानीको सीप शेयर बजारमा सफल हुन आवश्यक


403
Shares

काठमाडौं । शेयर बजारलाई पुँजी सिर्जना गर्ने माध्यमको रुपमा लिने गरिन्छ । यो बजारमा लगानी गर्न जति सजिलो छ, यसबाट कमाउन पनि उत्तिकै सचेत बन्नु जरुरी पछि छ । वित्तीय ज्ञान र लगानीको सीप जति धेरै भयो शेयर बजारमा सफल हुने सम्भावना उत्तिकै बढी हुन्छ । त्यसैले यो बजारबाट कमाउनुलाई पनि कलाकै रुपमा लिने गरिन्छ ।

केही समय यता निरन्तर बढ्दै आएको शेयर बजारमा सोमबार सामान्य अंकको करेक्सन आएको छ । सातको पहिलो दिन आइतवार एकै दिनमा १ सय १३ अंकको वृद्धि आएको बजारमा सोमबार सामान्य करेक्सन आयो तर यही दिन उच्च परिमाणमा कारोबार भयो ।

१५ दिन अगाडिसम्म मुस्किलले तीन अर्बको कारोबार हुने बजारमा अहिले कारोबार बढेर १९ अर्बसम्म पुगिसकेको छ । अघिल्लो बुलमा नेप्से ३२ सय पुग्दा दैनिक २२ अर्बसम्म कारोबार भएको रेकर्ड छ । तर त्यस यता खुलेका डिम्याट खाताको संख्या र बजारको आकारलाई हेर्दा अहिलेको कारोबारको आकार सामान्य नै मान्नु पर्दछ । अर्थतन्त्रको ऐनाको रुपमा हेरिने पुँजीबजारमा तस्वीर कति वास्तविक छ भन्ने बहस चाहि समय समयमा चल्दै आएको छ ।

शेयर बजार कुनै ट्रेडरको हातमा मात्र नभई सरकारका नीति नियम, राजनीतिक अवस्था, समाचार तथा अन्य विविध पक्षले प्रभाव पारिरहेको हुन्छ । शेयर बजारबाट कमाउन कम्पनीको बारेमा राम्रोसँग बुझ्नुपर्ने धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी बताउनुहुन्छ ।

दुई ठूला दलहरु कांग्रेस र एमालेको सरकार बनेपछि बढ्न थालेको सेयर बजारले मौद्रिक नीति आएपछि झन् तीब्र गति लिएको छ । बजारमा विस्तारै पैसा भित्रिएको भन्दै गर्दा सचेतना चाहि आवश्यक पर्ने लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउनुहुन्छ । उहाँले अब शेयर बजारमा जोखिन नहुने बताउनुहुन्छ ।

लामो समय वियरिस रहेको बजार यसै पनि अब बढ्ने चक्रमा प्रवेश गर्ने बेला भएको चर्चा चलिरहँदा लचिलो मौद्रिक नीतिले लगानीकर्तालाई थप उत्साहित बनाएको छ । तर शेयर बजार जसरी घटिरहने मात्रै हुँदैन, त्यसैगरी एकोहोरो बढिरहने मात्रै पनि हुँदैन । त्यसैले यो बजारमा पैला हाल्नेहरुले सचेत भने हुनै पर्दछ ।