२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजार सुखद्


936
Shares

काठमाडौं । केही समय यता शेयर बजार बढ्ने क्रम जारी छ । तीन वर्ष लामो वियरिस अवस्थाबाट तंग्रिएको बजार पछिल्लो एक महिनामै झण्डै एक हजार अंकले बढेको छ । बजारले अघिल्लो उच्च विन्दुलाई तोड्न अझै बाँकी रहे पनि कारोबार रकम भने निकै बढेको छ ।

२०७८ सालको भदौ २ गते हालसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको शेयर बजार झण्डै ३३ महिना वियरिस अवस्थाबाट गुज्रियो । ३२ सयको विन्दुबाट ओरालो झर्न थालेको बजार करीब १८ सय विन्दुमा पनि झ¥यो । चरम वियरिस अवस्थाको चक्र पार गर्दै गत असार महिनादेखि शेयर बजार बढ्न थालेको हो । असार दोस्रो सातादेखि बढ्न थालेको बजार करीब डेढ महिनाको अवधिमा एक हजार विन्दुले बढेर ३ हजारमाथि पुगेको छ ।

यसरी बजारमा उत्साह आउनुलाई कांग्रेस र एमालेको गठबन्धन सरकार, अर्थमन्त्रीमा विष्णु पौडेल आउनु, राष्ट्रबैंकले शेयरकर्जाको सिमा हटाउनु, र बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर घट्दै जानु भएको बताउनुहुन्छ ब्रोकर एशोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउनुहन्छ ।

बैंकमा निक्षेप जम्मा गर्नुभन्दा अन्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल उच्च हुने, घरजग्गाको कारोबार महंगो, झन्झटीलो भएका कारण लगानीकर्ताको शेयरबजारमा आकर्षण बढेको देखिन्छ । साथै कोभिडपछि सहज कारोबारको माध्यम अनलाइन हुन थालेपछि सजिलैसँग खरीदविक्री हुने भएकाले पनि सर्वसाधारण लगानीकर्ता पनि बजारप्रति थप आकर्षित बन्दै गएको पूर्व अध्यक्ष रानाभाट बताउनुहुन्छ ।

पछिल्ला केही दिनयता सेयर बजारमा, कम्पनीको मूल्यमा वृद्धि देखिए पनि लगानी गर्दा वित्तीय अवस्था तथा फण्डामेन्टल स्ट्रङ भएका कम्पनीमा लगानी गर्न रानाभाट सुझाव दिनुहुन्छ ।

देशको अर्थतन्त्रको ऐनाको रुपमा लिइने पूँजी बजारको दिगो विकास गर्दै यो क्षेत्रमा नयाँ नयाँ लगानीकर्ता भित्र्याउन सके यसबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि मद्धत पुग्ने पक्का छ ।