१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घर-घरमा पुगेर समर्थन खोज्दै रास्वपा नेताहरु


2.704k
Shares

काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायिक निरुपणलाई सघाउने भन्दा पनि सडकबाट कानुनी प्रक्रिया प्रभावित गर्ने दुस्साहस गरेको छ । लामिछाने पक्राउ परेपछि रास्वपा नेता कार्यकर्ताहरुले सडकमा प्रदर्शन गरेको दृष्यले वैकल्पिक शक्ति बन्ने उसको महत्वाकांक्षामा धक्का लाग्ने विश्लेषण गरिंदैछ ।

सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले यही कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेपछि रास्वपाले पोखरा केन्द्रीत विरोध प्रदर्शन गर्दै आएको छ । रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित पार्टीका कार्यकर्ताहरु रातारात पोखरा पुगेर विरोध प्रदर्शन जारी राखेका छन् भने केही दिन देशका विभिन्न स्थानमा रास्वपा कार्यकर्ताले प्रदर्शन गरे । अन्यत्रको प्रदर्शन सेलाउँदै गए पनि पोखरामा भने काठमाडौंबाट गएका नेताहरु, स्थानीय रास्वपा कार्यकता र चितवनबाट गएका कार्यकर्ताले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

रास्वपा कार्यकर्ताले प्रदर्शन चर्काउनका लागि पोखरामा घरदैलो कार्यक्रम समेत गरिरहेका छन् । विभिन्न समूह बनाएर घर घर पुगेका उनीहरुको चाहना घर घरबाट प्रर्दशनमा सहभागिता होस भन्ने रहेको छ । रास्वपाको यो कदमप्रति सत्तारुढ दल नेकपा एमालेले भने आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले त रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोधको भ्रम फैलाइरहेको आरोप समेत लगाउन भ्याउनुभयो । सामाजिक सञ्जालमा शर्माले रविलाई ’रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ ’ प्रचलित कानुन बमोजिम कारबाही गर्नू’ तर प्रक्रिया सुरु भएपछि राजनीतिक प्रतिशोध भन्नु संसदीय समिति र संसद्कै अपमान होइन र ?, शर्माको प्रश्न छ । रबिमाथि कास्की जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढीरहंदा सो पार्टीले चालेको कदमप्रति न्यायको आशमा रहेका सहकारी पिडितहरु पनि सडकमा उत्रेर न्यायको माग गरिरहेका छन् ।

एकातिर रास्वपाको कार्यकर्ताको रबिको समर्थनमा प्रदर्शन अनि अर्कोतर्फ सरकारी पिडितहरुको प्रदर्शनले सुरक्षा चुनोती समेत थपिएको छ । लामिछाने प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै ८० करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको प्रमाणित भईसकेको छ. । बैंकमा संयुक्त खाता सञ्चालन गरेका जीबी, रवि र छविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चेक काटेर खर्च गरेको प्रतिवेदनमा उल्लेख भए अनुरुप सोही प्रकरणमा मुछिएको आधारमा कास्की प्रहरीले अन्य १३ जनाको नाममा पनि पक्राउ पुजीै जारी गरिसकको छ ।

रविको हकमा अनुसन्धानका लागि अदालतले दिएको सात दिने म्याद कार्तिक ७ मा सकिए लगत्तै कार्तिक ८ गते पुन म्याद थप गरिने तयारी कास्की प्रहरीको छ । त्यति मात्र नभई सोही प्रकरणमा पक्राउ पनुर््भएका गोरखा मिडिया नेटवर्कका संचालक एवं पुर्व डिआइजी छबिलाल जोशीमा सुर्यदर्शन र बुटवलस्थित सुप्रिम सहकारीको पनि छानबिन हुने पक्का छ ।

विभिन्न सहकारीका बचतकर्ताले प्रहरीमा दिएको उजुरीको आधारमा लामिछानेमाथि छानविन हुनपर्ने आवाज बारम्बार संसदमा उठ्ुनका साथै अनुसन्धान दबाउन खोजेको आरोप लामिछानेमाथि लागेपछी गत जेठ १५ गते संसदीय छानबिन विशेष समिति गठन भएको हो । आप्mनै पार्टीका नेता शिशिर खनाल समेत सदस्य रहेको समितिको प्रतिवेदनका आधारमा लामिछाने निर्दोष देखिएको भए उहाँले उन्मुक्ति पाउने निश्चित हुँदाहुदै समितिको सिफारिसको आधारमै छानविनका लागि प्रहरीले हिरासतमा लिदा बिरोध प्रदर्शनमा उत्रिनु कुनै पनि राजनीतिक दलका लागि अशोभनीय त हुदै हो त्यसमाथि यस्ता प्रदर्शनको उद्धेश्य भीडको बलमा अनुसन्धान प्रभावित गर्नु पनि हो भन्दा अतियुक्ति हुँदैन ।
अशोभनीय जात्रा