१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सयपत्री फूलले दियो तिहारको निम्तो


195
Shares

इलाम । फूलैफूलको पर्व तिहार आँगनमै आइपुगेको छ । यतिबेला गाउँ तथा शहरका फुलबारीमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन् ।

रमाइलो र उत्साह अनि खुशी साटासाट गर्ने चाड तिहार नेपालीहरुको घर आँगनीमा आइसकेको छ । तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु , भाइ पूजा गर्न, सयपत्री फूल नै प्रिय मानिन्छन् । खासगरी कुकुर पूजा, गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री, मखमली जस्ता फूल बढी प्रयोग हुन्छन् ।

इलाममा यस वर्ष धेरै स्थानमा फुलेका अधिकांश बोटमा फुल फक्रिसकेका छन् भने केही बोटहरुमा भर्खर कोपिला मात्रै लाग्दै गरेको देखिन्छन् । आँगनका डिलमा फुलेका सयपत्री र मखमली फूलले सबैको मन लोभ्याएको छ । यसपाली घरमै फुलेका फूलको मालाले तिहारमा आफ्ना दाजुभाइकोे ‘गला’ सजाइदिने धरैको चाहना छ । तिहारमा बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फुलेका, आफ्नै हातले टिपेर–गाँसेर बनाएका माला दाजुभाइलाई लगाइदिँदाको खुशी छुट्टै हुने गरेको छ  । तर तिहारको रौनक बिस्तारै परिस्कृत हुदै गएको इलामका अग्रह पत्रकार सोम सुसेलीको भनाइ छ ।

यता सयपत्री र मखमली फुल आवश्यक मात्रमा जिल्लामा देखिनु पर्नेमा तिहारका लागि लक्षित गरि फुल तथा अन्य सामान बिक्री गर्दै आएका व्यापारीहरुले प्राकृतिक फुलको सट्टामा कागज, प्लाष्टिक तथा अन्य कृतिम फुलका मालाहरु बिक्री गरिरहेका छन् तर तिहारमा सयपत्री फुलको आफ्नो महत्व रहेको अग्रज बताउँछन् ।

इलाममा परापूर्वकाल देखि नै लगाइँदै आएको सयपत्री फूल ठाउँ विशेष अनुसार थुँगे फूल, हजारी फूल आदि नामले पनि चिनिन्छ । परम्परागत रुपमा विभिन्न प्रयोजनको निम्ति रोपिने सयपत्री फूल नयाँ प्राविधिक ज्ञान सीप र दक्षता बढाएर ब्यवसायिक बनाउन सके आउने दिनमा सयपत्री फूलको अभाव टार्न तथा आय आर्जनको श्रोत
बनाउन सजिलो माध्यम सयपत्री फूल बन्ने देखिन्छ ।