१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


साफ महिला च्याम्पियनसिपको उपाधि चुम्ने दाउमा नेपाल


2.015k
Shares

काठमाडौं । खेल जगतलाई सम्भावनाको खेल भनिन्छ । यही सम्भावनाको खेलमा नेपालले अहिले आफ्नो भविष्य खोजिरहेको छ । विश्वका जुनसुकै कुनामा रहेका नेपालीको आँखा अहिले साफ च्याम्पियनसीपको फाइनल तर्फ मोडिएको छ । साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल हेर्न हजारौं नेपाली लालायित छन् । दुई वर्ष अघि भएको फाइनलमा बंगलादेशसाग हारेको नेपाल यसपटक उपाधि चुम्ने दाउमा छ । महिला फसटबल टोलीको हिम्मततिलो प्रदर्शनले अहिले देश जर्मुराएको छ ।

साफ महिला च्याम्पियनसिप फुटबलको छैटौं संस्करण दुई वर्षअघि एन्फा कमप्लेक्स सातदोबाटोको साँघुरो मैदानमा हुँदा हजारौं दर्शक निराश बनेका थिए । मैदानमा गएर खेल हेर्न नपाएको पिडा एकातिर थियो भने टिभी तथा डिटिजल प्लेटफर्मममै भएपनि खेल हेर्दा टोलीले फाइनल हेर्दाको पिडा अर्कोतिर । दशरथ रंगशाला पुन निर्माणको क्रममा रहेका कारण एन्फा कम्प्लेक्समा खेलाईएको खेल हेर्न नपाएका दर्शकहरु यसपटक भने जर्मुराएका छन्, दशरथ रंगशाला पुगेर ।

आइतबार भएको सेमिफाइनलमा नै हजारौ खेलप्रेमीहरुले नेपाली फुटबल टोलीको साथ दिएकोमा फाइनलका लागि पनि उस्तै साथ पाउने निश्चित छ । १५ हजार क्षमता रहेको दशरथ रंगशालामा हुने खेलका लागि धमाधम टिकट बिक्री भइरहंदा अखिल नेपाल फुटबल संघ एन्फाले टिकट बिक्री रोकेको छ । टिकट बिक्रीको अधिकार पाएको ठेकेदार कम्पनीले भारत विरुद्धको सेमिफाइनलमा क्षमता भन्दा बढी दर्शकलाई रंगशालामा प्रवेश दिएकोले जोखिम बढाएको भन्दै फाइनलको टिकट बिक्री रोकिएको छ । तर पनि अग्रिम टिकट खरिद गरिसकेका हजारौं समर्थकको साथमा नेपाली टोली मैदानमा उत्रने तयारीमा मात्रै छैन, उपाधी हात पार्ने दाउका साथ तयारीमा छ ।

नेपालले साफ च्याम्पियनशिप फुटबलमा अर्को इतिहास रचोस भन्ने कामना आम नेपालीको रहँदा नेपाली खेलाडीले पनि नेपालीको चाहनाको पक्कै पुरा गर्ने अपेक्षा गरिएको छ । यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । चार पटक भारतसंग फाइनल हारेको नेपाल पछिल्लो संस्करणमा भने बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

दुई वर्षअघि भोगेको त्यो हारको मिठो बदला लिने अवसर नेपाललाई यसपटक आफ्नै घरमा जुरेको छ । मैदानभित्र कप्तान अन्जीला तुम्बापो सुब्बाको नेतृत्व, सावित्रा भण्डारी ‘साम्बा’को अविश्वनिय प्रदर्शन अनि मैदान बाहिर रंगशाला भित्र र बाहिरका लाखौं समर्थकको उर्जा र प्रेरणामा नेपाली टोली यसपटक दक्षिण एसियाको नयाँ च्याम्पियन बन्न शुभकामना ।