
काठमाडौं । इजरायल र हमासबीच भएको युद्ध विरामलगत्तै हमासको कब्जामा रहेका तीन जना इजरायली बन्धक रिहा भए । हमासले इजरायलमाथि आक्रमण गरेकै दिन अर्थात सन् २०२३ अक्टोबर ७ को दिन हमासको कब्जामा परेका तीन जना युवती बन्धकमुक्त भएर घर फर्किए । तर अझै हमासको कब्जामा रहेका करिब डेढ सय बन्धकको अवस्थामा भने अज्ञात छ । हमासको कब्जाबाट मुक्त भएका तीन युवती को हुन त ?

दामारी
बेलायतस्थित इजरायली नागरिक २८ वर्षिया दामारी । हमासले ७ अक्टोबर २०२३ इजरायली भुमिमा आक्रमण गर्दा इजरायलको कफर अजा किबुट्जस्थित आफ्नै अपार्टमेन्टमा रहेका दामारीले आक्रमणको बारे बेलायतमा रहेका आफ्नी आमालाई मोबाइलमार्फत सन्देश पठाउने क्रममा अपार्टमेन्टमा प्रवेश गरेका हमास कार्यकर्ताले देखेपछि कब्जामा परेकी थिइन् । इजरायलको बजारमा किनमेलका लागि गएको उनको खुट्टामा गोली लागेपछि घाइते अवस्थामा अपार्टमेन्ट आई आफ्नी आमालाई मोबाइलमार्फत सन्देश पठाउने क्रममा हमासको कब्जा परेकी हुन् । अपहरणमा पर्नु केही छिन् अघिमात्रै दामारीले उनको अपार्टमेन्ट नजिकै गोली चलिरहेको सन्देश दिन टेक्स्ट पठाउन सफल भइन् । उनलाई अपहरण गर्ने क्रममा हमासका कार्यकर्ताल आँखामा पट्टी बाँधेर उनकै कार चढाई अपहरण गरेको हो ।

२४ वर्षिया रोमी गोनेन
इजरायलमा आयोजना गरिएको संगीत महोत्सवबाट भाग्न खोज्दा रोमी गोनेन हमासकमो अपहरणमा परेकी हुन् । पूर्व स्वयंसेवक स्काउट काउन्सिलर गोनेन, गाजा सीमा नजिकै रहेको नृत्य पार्टी नोभा संगीत महोत्सवमा सहभागी हुँदा हमासका बन्दुकधारीहरूले हानेको गोली हातमा लागेपछी भाग्दै गर्दा कब्जामा लिएको हो । अपकरणकै क्रममा गोनेनले पनि आमालाई फोन गरी आफुलाई गोली लागेको र अपहरणमा परेको जानकारी दिन भ्याएका थिए । सोही समयमा उनकै आँखा अगाडि आफ्नो साथमा संगीत महोत्सवका गएका अन्य तीन साथीहरूको भने सोही दिन हत्या गरिएको थियो । आक्रमणको एक महिना पछि, नोभेम्बर २०२३ मा अघिल्लो युद्धविराम सम्झौताको एक भागको रूपमा रिहा गरिएका बन्धकहरू मध्ये एकले गोनेनको परिवारलाई रोमी जीवित रहेको बताए तर उनको हाल खराब अवस्थामा रहेको बताएपछि परिवारमा रुवाबासी चलेको थियो । गोली लागेको गोनेनको हात र औलाहरु कान नलाग्ने भएको छ ।

३१ वर्षिया डोरोन स्टेनब्रेकर
इजरायलको कफर अजामा उनको घर नजिकै अपहरणमा परेका अर्की युवती हुन् । पशु चिकित्सा नर्स स्टेनब्रेकरलाई आक्रमणका क्रममा आफ्नो घरभित्र भाग्न खोज्दा अपहरणमा परेकी हुन । अपहरणका क्रममा उनले आफ्ना आमालाई फोन गरी सुरक्षित रहन आग्रह गर लगत्तै सम्पर्कविहीन भएकी उनी गत वर्षको हमासको भिडियोमा दुई अन्य बन्दीहरू, डेनिला गिल्बोआ र करिना एरिभसँगै देखा परेकी थिइन् । जसमा स्टेनब्रेकरले आफनो रिहाइको लागि बिन्ती गरेपछि परिवारजन भावबिह्ल भएका थिए । आशा गरौं अन्य बन्धकहरु पनि रिहा हुने छन् र उनीहरुको परिवारमा पनि खुशी छाउने छ ।
प्रतिक्रिया दिनुहोस्