२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


थामिएन इजरायल-हमास युद्ध


13
Shares

एजेन्सी । इजरायल-हमास युद्ध दुई वर्ष पार गर्नलाग्दा पनि थामिएको छैन । शक्ति र सत्ताका लागि भएको युद्धले राजनीतिक स्वार्थलाई बढावा दिँदै गएपनि जनता हार्ने क्रम रोकिएको छैन । मानवता निख्रिदै गएको दृश्यप्रति दुवै पक्ष गम्भीर बनेका छैनन् । त्यतिमात्र कहाँ हो र ? गत अक्टोबर ७ मा हमासले इजरायलमाथि युद्ध छेड्ने क्रममा आफ्ना अभिभावक सहित बन्धक बनाइएका दुधे बालकसहित उनका परिवारजन द्धन्द्धका क्रममा मारिएको भन्दै उनीहरको शव हस्तान्तरण गर्ने हमासको घोषणाले बिश्वजगत स्तब्ध बनेको छ ।

७ अक्टोबर सन् २०२३ मा प्यालेस्टिनी बिद्रोही समुह हमासका लडाकुहरूले जब इजरायलमा आक्रमण गरे तब एकै परिवारका चार सदस्यलाई हमासले अपहरण गर्योे । इजरायलका सयौं नागरिकलाई बन्धक बनाउने योजना स्वरुप आक्रमण गरेको हमासले इजरायली नागरिकहरुको घर घरमा प्रवेश गरी एकपछि हत्यासंगै थुप्रै अपहरण गर्यो । अपरहरणकै क्रममा एकै परिवारका शिरी बिबास, चार बर्षिया छोरी एरियल र ९ महिनाका केफिर बिबास पनि अछुतो रहेनन् । त्यतिमात्र कहाँ हो र आक्रमणको समयमा घरमा नभएका शिरीका श्रीमान् यार्डेन बिबासलाई समेत अर्कै स्थान किबुट्जबाट अपहरण गरियो ।

हमासले बन्धक बनाएहरुलाई एकै ठाउँमा राख्दा यार्डेनले आफना श्रीमती र छोराछोरी पनि अपहरणमा परेको थाहा पाएका थिए । आफ्ना बाबुलाई देखेपछि उनकी छोरीले बोलाएपछी हमास झस्केको थियो । त्यस लगत्तै हमासले शिरी र उनका दुई सन्तानलाई गाजाभित्रको फरक सशस्त्र समूह, प्यालेस्टिनी मुजाहिदीन आन्दोलनको मुजाहिदीन ब्रिगेडमा स्थानान्तरण गरियो । हमासले सन् २०२४ को फेब्रुअरी १९, २०२४ मा, शिरी र उनका छोरा छोरीको भिडियो सार्वजनिक गदै जीवित रहेको प्रमाणित गरेको थियो । आफना सन्तानलाई एकसाथ च्याप्ने गरेका शिरीले भिडियो सन्देशमा आफुहरुको रिहाईका लागि हारगुहार गरेको दृश्य हेरिसक्नु थिएन । त्यस लगत्तै हमासले शिरीका श्रीमान् यार्डेनलाई रिहा गर्यो ।

आफ्ना सन्तान हमासकै कब्जामा रहेकै बेला रिहा गरिएका यार्डेन आफ्ना सन्तान र श्रीमती रिहा हुने दिन पर्खिरहेकै बेला हमासले इजरायलले गरेको बम आक्रमणमा उनीहरु मारिएको दाबी गर्यो । यार्डेन भन्ने हमासको दाबी मान्न तयार छैनन् । हमासले भोली बिहीबार ४ जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्ने घोषणा गर्दा शिरी र उनका दुई सन्तानको नाम पनि समावेश गरेको छ । यद्दपी इजरायलले उनीहरूको मृत्युको पुष्टि गरेको छैन । हालै अपहरण मुक्त भएका एक बन्धकले गाजा पट्टी मुनिको सुरुङमा शिरी र उनका सन्तानलाई पिंजडामा राखिएको बताएसंगै उनीहरु हालै मारिएको आशंका गरिएको छ । दुई समुहबीचको द्वन्दमा फसेका दुधे बालकदेखि ११ हजार अबोध बालबालिका मारिएको यो युद्धले मानवतालाई नै गिज्याईरहेको छ ।