१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बौद्ध धर्ममा पञ्च रंगको ‘लुङ्टा’


338
Shares

काठमाडौं । बौद्ध धर्ममा पञ्च रंगको झण्डा लुङ्टाको विशेष महत्व रहेको छ । यदाकदा लुङ्ता र खादाको विषयमा विवाद भएता पनि यो बौद्ध धर्मावलम्बिका बीच जीवन पद्धतिनै बन्न पुगको छ ।

बौद्धधर्ममा पञ्च रंगको झण्डा लुङ्टाले आध्यात्मिक सार बोकको छ । त्यसैले विश्वभरको बौद्ध चैत्य र गुम्बाहरुमा लुङ्टा फहराउने गरिन्छ । नेपालको खास्ती चैत्य, स्वयम्भू महाचैत्य लगायतमा लुङ्टा फहराउन प्रचलन समेत रहेको छ । लुङ्टालाई हावाको घोडा पनि भनिन्छ । जसले आध्यात्मिक र साँस्कृतिक महत्व राख्दछ । लुङ्टा पञ्च रंगको कागज वा कपडाको झण्डा हो ।

यसमा पवित्र बज्रयानी बौद्ध मन्त्र, प्रार्थना र विभिन्न जनावरहरुको प्रतिकहरु समेत कुँदिएका हुन्छन् । जसले यी झण्डाहरु हावामा फहराउँदा लेखिएको मन्त्र, प्रार्थना र आर्शिबादहरुले वरपरको वातावरण सकारात्मक उर्जा र सद्धभाव फैलाउने विश्वास गरिन्छ । त्यसैले झण्डामा आफनो र प्रियजनको नाम लेख्ने पनि प्रचलन रहेको छ ।

पञ्चतत्वको पनि प्रतिनिधित्व गर्ने लुङ्टा नीलो, सेतो, रातो, हरियो र पहेंलो रंगको हुने गर्छ । जसले क्रमशः बुद्धि, ज्ञान, शक्ति, करुणा र आध्यात्मिक विकासको प्रतिनिधित्व गर्दछ । रंगिन लुङ्टा एक साथ जोडन सामान्यतया सेतो धागो वा डोरी प्रयोग गरिन्छ ।

जुन पंञ्चरंगिन लुङ्टा पंञ्च तत्वको सन्तुलित अन्तरसम्बन्ध र तथागत बुद्ध शिक्षाहरुको एकतालाई प्रस्तुत गर्दछ । तसर्थ बौद्ध शिक्षालाई सर्वव्यापी गर्न, शान्ति फैलाउन र रोगव्याधी नियन्त्रण गर्न पनि लुङ्टाको महत्व रहेको बौद्ध गुरु दोर्जे तामाङको भनाई छ ।

वर्तमान समयमा बुद्ध शिक्षाको सर्वव्यापकतालाई स्वीकारेर लुङ्टा जस्तो पवित्र झण्डालाई शान्ति र सद्धभावका लागि फहराउ सके मानव र चराचर जगतको कल्याणनै हुनेछ ।