
काठमाडौं । सिन्धु (नाम परिवर्तन)पाँच वर्ष पहिले गाउँबाट अध्ययनका लागि काठमाडौं आइन् । काठमाडौंमा प्लस टु पढ्न । केही समयपछि उनको सामाजिक सञ्जालमार्फत एक जना सार्थी भयो । विस्तारै उनीहरुको सम्बन्ध गाढा हुँदै प्रेम सम्बन्धमा परिणत भयो । सिन्धुका प्रेमि खाडी मुलुक दुबईमा काम गर्थे ।
सामाजिक सञ्जालबाट भएको प्रेम ४ वर्षसम्म रह्यो । ति दुई प्रेमिहरु भेट्ने निधो गरे र केही महिना पहिले उनका प्रेमि नेपाल आए । उनीहरु करिब एक हप्तासम्म सँगै घुमे, बसे । उनका प्रेमि आफ्नो काममा विदेश फर्किए ।
फेरि नेपाल आएपछि सिन्धु प्रेमिसँग विहे गर्नेमा ढुक्क थिइन् । केही वर्षपछि विवाह गर्ने प्रेमि र प्रेमिकाले योजना समेत बनाएका थिए । उनीहरुको सामाजिक सञ्जालमा कुराहरु भइरकेको थियो ।
सिन्धुले दुई महिनासम्म महिनावारी नभएको कुरा कलेजमा साथीहरुलाई सुनाइन् । सार्थीहरुले जिस्काए । तैले मेरो प्रेमि आएको थियो भनेकी थिइस् कि त गर्भवती भइस भनेर । त्यसपछि मात्र सिन्धु झल्यास्स भइन् । सार्थीहरुले भनेपछि सिन्धुले किटमार्फत परिक्षण गर्दा गर्भवती भएको देखायो । उनी ठूलै छागाबाट खसेको जस्तो भइन् । उनलाई विश्वास लागेन त्यसपछि अस्पतामा गएर परिक्षण गराउदा उनी गर्भवती भएको नै रिपोर्ट आयो ।
सिन्धुले विदेशमा भएका आफ्ना प्रेमिमलाई गर्भवती भएको सुनाइन् । त्यसपछि उनका प्रेमी केही घण्टामा नै सामाजिक सञ्जालबाट प्रेमिका सिन्धुलाई ब्लक गरिदिए । उनले प्रेमिलाई सम्पर्क गर्न धेरै प्रयास गरिन् तर कतैबाट पनि सम्पर्क गर्न सकिनन् । ४ वर्षसम्मको सम्बन्ध केही समयमै समाप्त भयो ।
त्यसपछि सुरु भयो सिन्धुका दुःखका दिनहरु । एक्लै काठमाडौंमा कोठामा बस्ने सिन्धु । न कोही छ न त परिवारमा भन्न सक्छिन् । शारिरीक र मानसिक रुपमा बिछिप्त भइन् । २२ वर्षको उमेरमा सिन्धुको साथमा न परिवार छ न त प्रेमि । गाउँ घरमा उनले सुनेकी थिइन् । मेवा, टिमुर खान हुँदैन गर्भ झान् सक्छ भन्ने । गर्भ पतन गर्नको लागि सिन्धुले मेवा, टिमुर खाएको खाएै गरिन् तर केही भएन ।
त्यसपछि उनले मेडिकलबाट गर्भ पतन गर्ने औषधि किनेर खाइन् त्यसले पनि उनको गर्भ झरेन । गर्भ पतन गर्नको लागि एक जना साची चाहिने भएकाले सिन्धुले एक जना चिनजानको दिदीको सहयोग लिएर कुनै एक निजी स्वास्थ्य सेवाबाट ६ हप्ताको गर्भलाई औजार प्रयोग गरेर गर्भपतन गराइन् ।
गर्भ पतन गराउन १२ हजार रुपैयाँ लाग्यो तर त्यो पैसा पनि जुटाउन उनलाई धेरै कठिन थियो । सार्थीहरुको सहयोगमा उनले गर्भपतन गर्नको लागि रकम जेनतेन गरि जुटाएकी थिइन् ।
स्वास्थ्यकर्मीले उनलाई एक महिनासम्म बेड रेष्ट गर्ने भनेका थिए । अहिले करिब एक महिना पुग्न लाग्दा समेत सिन्धुलाई रक्तस्राप भइरहेको छ । उनी मानसिक र शारिरीक रुपमा धेरै नै कमजोर भएकी छिन् । शारिरीक र मानसिक रुपमा विक्षिप्त भएकी सिन्धुको बसाई एक्लो छ । उनीसँग पौष्टिक खाने कुरा खाने पनि पैसा छैन । सँगै पढेका सार्थीहरुले पालै पालौ फलफूल र खाने वस्तुहरु लगेर जाने गर्दछन् ।
आफूलाई गर्भपतन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको बारेमा कुनै पनि कुरा सिन्धुले खुलाउन चाहँदैनीन् । उनलाई कहाँबाट सुरक्षित गर्भपतन गर्न सकिन्छ र कस्तो स्वास्थ्यकर्मीसँग गर्नुपर्छ भन्ने केही पनि थाहा छैन ।
उनी प्रश्न गछिन्, ‘गर्भपतन निःशुल्क हुन्छ । कुनैपनि पैसा लाग्दैन । मलार्ई पैसा जम्मा गर्न धेरै दुःख भएको थियो । अनि गर्भपतन गर्ने ठाउँ पनि छुट्टै हुन्छ ।’
केही पनि जानकारी नभएकी सिन्धु बोल्ने भन्दा धेरै रुन्छीन् । उनका आसु बगेको बगेइ । उनको मानसिक र शारिरीक अवस्था राम्रो छैन ।
महिलाको प्रजनन अधिकारभित्र सुरक्षित गर्भपतन पनि पर्दछ । महिला तथा किशोरीहरुलाई कुनै अवस्थामा गर्भ राख्नु भन्दा नराख्नु उचित हुन जान सक्छ । आफ्नो चाहना विपरित, स्वास्थ्यमा समस्या, भ्रुणमा नै समस्या आयो भने सुरक्षित गर्भपतन गर्नुपर्ने हुन सक्छ ।
नेपालमा सुरक्षित गर्भपतन सेवाले २०५९ सालमा सम्बन्धी कानून मान्यता पाएको हो । १२ हप्तासम्मको गर्भ गर्भपतन गर्न पाइन्छ तर बलात्कार हाडनाताकरणी, महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या आएका २८ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न पाउने कानूनी मान्यता छ ।
२८ हप्ता नाघेको गर्भलाई कानूनले दिंदैन मान्यता । त्यही कानूनको बाध्यताले महिला तथा किशोरी चाहना विपरित बच्चा जन्माउन बाध्य छन् । कानूनले अवस्था बाध्यकारी बनाइदिएको छ ।
सुरक्षित मातृत्व ऐन २०७५ मा ५ वटा अवस्थामा गर्भपतन गर्न पाइन्छ भनिएको छ । नेपालको संविधानको धारा ३५ र ३८ मा महिलाको प्रजनन सम्बन्धी हक हुने छ भनेको छ । स्वास्थ्य नीति क्षेत्रले पनि सुरक्षित मातृत्व र गर्भपनलाई पनि गुणस्तरिय तरिकाले पुयाउनुपर्छ भनेको छ । जनस्वास्थ्य नियमावली २०७७ मा पनि आधारभुत सेवाभित्रको निःशुल्क सेवा हो भनेको छ । सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य ऐन २०७५ले पाँच वटा अवस्थामा सुरक्षित गर्भपतन गर्न पाइन्छ भनेर कानूनी मान्यता दिएको छ ।
यि पाँच वटा अवस्थामा सुरक्षित गर्भपतन गर्न पाइन्छ
१. १२ हप्तासम्मको महिला तथा किशोरीको मन्जुरीमा गर्भपतन गर्न पाइन्छ ।
२. १२ हप्तादेखि २८ हप्तासम्मको गर्भवती महिलालाई कुनै शारीरिक र मानसिक समस्या भएको अवस्थामा त्यसमा पनि महिलाको मन्जुरीमा सुरक्षित गर्भपतन गर्न पाइन्छ ।
३. हाड नाताकरणी, जवरजस्तीकरणीबाट गर्भवती महिलाको मन्जुरीमा २८ हप्तासम्मका गर्भपतन गर्न पाइन्छ ।
४. गर्भमा भएको भ्रुण नै राम्रो अवस्थामा छैन भने २८ हप्तासम्म गर्भपतन गर्न पाइन्छ ।
५.गर्भवतीलाई निको नहुने रोग लागेमा २८ हप्तासम्मको गर्भ गर्भपतन गर्न पाइन्छ ।
२८ हप्ताभन्दा पछिको गर्भलाई गर्भपतन गर्न कानूनले मान्यता दिएको छैन । कानूनले बाधिदिएको छ । कानूनले २८ हप्ताबाट २९ हप्ता पुगेको गर्भलाई गर्भपतन गर्न पाइँदैन भनेर कठोर कानून बनाइदिएको छ ।
१२ हप्तासम्मको गर्भलाई कुनै पनि बाध्यकारी कानूनी प्रावधान भने छैन । सूचीकृत स्वास्थ्य संस्था र मान्यताप्राप्त तथा दक्ष स्वास्थ्यमर्कीबाट गर्भपतन सेवा लिन सकिन्छ । महिलाले नचाहेको अवस्थामा गर्भ रहन गयो भने सहज रुपमा १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गर्न सक्ने प्रावधान छ । तर कानूनी रुपमा नै भ्रुण पहिचान गरी गर्भपतन गर्न भने पाइँदैन । कसैलाई जबरजस्ती गर्भपतन गराउन पाइँदैन ।
नेपाल सरकारको परिवार कल्याण महाशाखा र आईपास नेपाल मिलेर गर्भपतन सम्बन्धि अध्ययनमा गरेको छ । अध्ययनले नेपालमा ५२ प्रतिशत गर्भपतन असुरक्षित र ४२ प्रतिशत गर्भपतन सुरक्षित हुने गरेको देखाएको छ । नेपालमा ४२ प्रतिशतलाई सुरक्षित गर्भपतनको बारेमा थाहा छ भने ५८ प्रतिशतलाई थाहा छैन । अझै पनि कहाँ गएर सुरक्षित गर्भपतनको सेवा लिने भन्ने चेतना धेरैलाई छैन । चेनता भएपनि महिला र किशोरीले नजिकमा सुरक्षित गर्भपतन गर्ने केन्द पाउन सकेका छ्रनन् । यो सेवा सरकारले निःशुल्क दिएपनि धेरैलाई थाहा छैन ।
स्थानीय स्तरमा भएका स्वास्थ्य चौकीमा सूचीकृत गर्भपनत सेवा र सूचीकृत स्वास्थ्यकर्मीको अभाव छ । थाहा नहुँदा सुरक्षित भन्दा पनि सहज र छिटो बाटो महिला तथा किशोरीहरुले लिने गरेको पाइन्छ । विशेष गरि किशोरीहरुले कसैले थाहा नहुने गरि सेवा लिन चाहाना हुन्छ । सुरक्षित गर्भपतन सेवा कहाँबाट पाइन्छ भन्ने नबुझि कतिपए किशोरीले असुरक्षित गर्भपतन गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्