Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


अमेरिकामा राष्ट्रपति ट्रम्पको नीतिविरूद्धमा विशाल प्रदर्शन


1.6k
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध देशैभरी विशाल प्रदर्शन भएको छ।

“नो किङ्स” नाम दिइएको आन्दोलन न्यूयोर्क, वासिङ्टन डीसी, शिकागो, मियामी र लस एन्जलससहितका ठूला शहरमा एकैसाथ शुरु भएको हो। न्यूयोर्कको प्रशिद्ध टाइम्स स्क्वायरमा स्थानीय समय अनुसार शनिबार बिहानैदेखि हजारौं प्रदर्शनकारी भेला भएका थिए। राजतन्त्र नभइ लोकतन्त्र चाहिने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरूले सडक र सबवे प्रवेशद्वार भरिएको थियो।

ट्रम्प प्रशासनले कार्यकारी आदेशमार्फत् संसदले पास गरेको बजेट रोक्ने, संघीय निकाय विघटन गर्ने र राज्यहरूको विरोध हुँदाहुँदै नेशनल गार्ड परिचालन गर्ने जस्ता कदम संविधानविपरीत भएको प्रदर्शनकारीले आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पका पछिल्ला नीतिहरुले उहाँलाई संचारमाध्यमहरुले राजाको संज्ञा दिन थालेका छन्। बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको एक अन्तर्वार्तामा आफूमाथिको आरोप अस्वीकार गर्दै प्रदर्शन नाटकको संज्ञा दिनुभएकाे छ।

स्थानीय समय अनुसार शनिबार भएको प्रदर्शन अमेरिकाभरी शान्तिपूर्ण तर सशक्त रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्। उनीहरूले यस आन्दोलनलाई लोकतन्त्र र नागरिक अधिकारको पुनःस्थापनाका लागि उठेको आवाजकाे रुपमा लिएका हुन् ।