Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


युद्धविराममा फर्किने इजरायलको घोषणा


0
Shares

काठमाडौं ।

इजरायली सेनाले हमाससागको युद्धविराम सम्झौतामा फर्किने जनाएको छ ।

हिजो हमासले सम्झौताको उल्लंघन गरेको भन्दै रफाह शहरमा हवाई आक्रमण गरेको इजरायलले युद्धविरामको कार्यान्वयन पुनः सुरु गर्ने बताएको हो ।

इजरायली सेनाले रफाहमा आफ्ना सेनातर्फ आतंककारीहरूले ट्याङ्क विरोधी मिसाइल र गोली चलाएको बताएपछि दक्षिणी गाजामा आक्रमण सुरु भएको थियो । इजरायली आक्रमणमा हिजोमात्रै ४४ जना प्यालेस्टीनीहरु मारिएको बताईएको छ ।

हमासले भने इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा कुनै पनि झडपको बारेमा अज्ञात रहेको प्रतिक्रिया दिएको छ । हिजो साँझसम्म इजरायलले गाजामा हमासका लक्ष्यहरूमाथि प्रहार गरेको थियो ।

युद्धविराम सुरु भएको १० दिनमै दुबै पक्षबाट उल्लंघन हुनु थालेपछि मध्यपूर्वमा स्थायी शान्तिको योजना खल्बलिने जोखिम बढ्न थालेको छ ।