Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई जना घाइते


130
Shares

काठमाडौं ।

पूर्वी नवलपरासीमा ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन् ।

ठक्करबाट स्कुटर चालक मध्यबिन्दु नगरपालिका-१३ मैनाघाटका अन्दाजी ४२ वर्षका वीर बहादुर सिञ्जालीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरिमा अनुसार आज बिहान मध्यबिन्दु नगरपालिका-८ गडारखोलास्थित पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरूणखोला जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवल जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल बोकेको ट्यांकले ठक्कर दिएको हो।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले बिहान सवा ७ बजे उनलाई मृत घोषणा गरेको हो। स्कुटरको पछाडि सवार मध्यबिन्दु-७ अम्रसाका २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु-९ बसन्तपुर बस्ने ३१ वर्षीय समीर जंग कुमाल घाइते छन्।

उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्यांकर चालक सल्यानको शारदानर नगरपालिका १४ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ४७ वर्षीय खलकराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।