 
	    रौतहट । लोक आस्थाको महापर्व छठ पुजाको आज तेस्रो दिन जलाशयमा पुगेर ब्रतालुहरुले अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन थालेका छन ।
कार्तिक शुक्ल चौथी तिथी देखि सुरु भएको छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको बिधि सकेका ब्रतालुहरुले आज मुख्य दिन अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन जलाशय पुगेका हुन ।
अहिले चन्द्रपुर, दुर्गा भगवती, गौर, गरुडा, इशनाथ, कटहरिया, गढीमाई, माधवनारायण सहित जिल्लाका १८ वटै पालिकामा रहेका पवित्र जलाशय, पोखरी, नदी किनारमा भिडभाड बढेको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहटले छठघाटहरुमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।छठको चौथो दिन विहान उदाउदै गरेको सुर्यलाई ब्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ ।
नयाँ माटोको चुल्हो वा ग्यास चुल्होमा खाजा, ठेकुवा, कसार, पुरिकिया, खजुरी सहितका सामग्रीहरु बनाएर बाँसको छैटी,डलिया र सुपलीमा राखेर छठ घाटमा गएर पुजा गर्ने धार्मिक प्रचलन रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्