Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


एमाले सचिवालय बैठक आह्वान, यस्ता छन् छलफलका एजेन्डा


1.1k
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले कात्तिक १५ गते आफ्नै निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान गरेका हुन् ।

उक्त सचिवालय बैठकले ११ औं महाधिवेशनको कार्यतालिका तय गर्ने जनाइएको छ। ‘सचिवालय बैठकले आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतको कार्यतालिका तयार पार्नेछ अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

एमालेले पोखरामा मंसिर २७, २८, २९ गते ११ औं महाधिवेशन गर्दैछ। यसअघि बसेको केन्द्रीय कमिटीको १० औं बैठकले महाधिवेशनको टुंगो लगाएको हो।