Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा (तस्बिरसहित)


442
Shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

नेताहरूले मंगलबार ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र कर्णजित बुढासहितका नेताहरू पुगेका थिए।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनकाे मिति घाेषणा गरेसँगै नयाँ दल दर्ताकाे प्रकृया भइरहेकाे छ।