Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


पाल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु


624
Shares

काठमाडाैं । पाल्पामा इभी गाडी दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा सवारी चालक रैनादेवी छहरा गाउँपालिका-४ का ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा-२ सोमादीका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र वडा नम्बर ४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा रहेको प्रहरीले बताएकाे हाे। रैनादेवी छहरा-४ स्थित छहरा मेहलढापभित्री सडक खण्डको पीपल भञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको थियो ।

बुटवलबाट छहराको मेहलढापका लागि छुटेको लु.प्र ०१ ००१ ज ००९१ नम्बरको ईभी गाडी बुधबार दिउँसो २ बजेर १० मिनेटमा दुर्घटना भएको थियो। मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले बताएको छ।दुर्घटनाको कारण नखुलेपनि सवारी सडकबाट करिब ३ सय ५० मिटर तल खसेको प्रहरीले बताएकाे हाे।

साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।