 
	    काठमाडाैं। प्रतिकूल मौसमका कारण लुक्ला विमानस्थलमा हवाई सेवा ठप्प हुँदा स्वदेशी तथा विदेशी पर्यटकहरु मारमा परेका छन् ।
बिहीबार बिहान केही समय मौसम खुल्दा हेलिकाेप्टरहरुले सीमित उडान गरे पनि कुनै पनि विमानले नियमित उडान गर्न सकेनन् । लुक्ला विमानस्थलका सिनियर एटिसी अफिसर अमनचन्द्र झाका अनुसार झरीसँगै बाक्लो बादल लागेका कारण उडान गर्न असम्भव भएको हो । बिहान केही घण्टा मौसम अनुकूल हुँदा हेलिकाेप्टरहरुले ६० पटक उडान भरेको पनि उहाँले जानकारी दिनुभयो ।
लुक्ला क्षेत्रमा बुधबारदेखि नै निरन्तर मौसममा फेरबदल भइरहेको छ । तत्काल मौसममा सुधार हुने अवस्था नदेखिएपछि कतिपय यात्रुहरु पैदलै सदरमुकाम सल्लेरी हुँदै सडक मार्गबाट गन्तब्यतर्फ लागेको पनि अफिसर झाले बताउनुभयाे ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्