Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


फोहोर बोकेका गाडी २ दिनदेखि रोकेपछि तनावपूर्ण


923
Shares

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर बोकेका गाडीहरू दुई दिनदेखि रोकेपछि तनावपूर्ण बनेको छ।

गाडीहरू दुई दिनदेखि रोकेपछि सहरी विकास मन्त्रालयले शुक्रबार बोलाएको छलफल शुरु हुने बित्तिकै तनावपूर्ण बनेको हाे। स्थानीयवासीहरुले २०७९ साल जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै काठमाडौं महानगरपालिकासहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू शुक्रबार रोकेका छन्। छलफलमा सहभागी स्थानीय जनप्रतिनिधि र अगुवाहरूले संघीय सरकार र काठमाडौं महानगरपालिकाले समस्यालाई बेवास्ता गरेको भन्दै चर्को विरोध जनाएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले मन्त्रालयले छलफलका लागि बोलाएको जानकारी दिँदै प्रभावित क्षेत्रका स्थानीय सरकार प्रतिनिधिहरू र स्थानीय अगुवाहरूको सहभागितामा बैठक बसेको बताउनुभएकाे थियाे।