काठमाडाैं । नेकपा माओवादी केन्द्रले यहि कात्तिक २० गतेका लागि नेकपा एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सोही पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले कात्तिक १८ गते मंगलबार भने पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरुको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्नीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गर्नुभएको थियो । संयोजक पुष्पकमल दाहालले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सोही पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उहाँले शनिबारको बैठकमा गर्नुभएको थियो । तर आइतबार भने उहाँ बैठकमा आउनु नभएको पनि पार्टी नेता सापकोटाले बताउनुभयो । उहाँले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताउनुभएकाे छ।
बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको माओवादी केन्द्रले जनाएको हाे।




प्रतिक्रिया दिनुहोस्