काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महावीर जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा…