काठमाडौं । तराई (मधेश) क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन होली मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट होली मनाउने गरिन्छ । तराईमा पूर्णिमाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाउने परम्परा रहेको छ । तराई क्षेत्रमा अबिर तथा विभिन्न किसिमका रंग एकआपसमा लगाएर, पिचकारीले रंग मिसाएको पानीले छ्याप्दै, एकअर्काप्रति शुभकामना व्यक्त…