काठमाडौं । विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत अर्थात् वटसावित्री पर्व हर्षोल्लासका साथ मनाएका छन् । श्रीमानको लामो आयू र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरूले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औंसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा…