नरेन्द्र मानन्धर काठमाडौं । लिच्छवीकालमा हालको पाटन दरबार क्षेत्रमा बौद्ध विहार रहेको मानिन्छ । मल्लकालमा विहार विस्थापित गरी दरबार बनाइएको विश्वास छ । दरबार क्षेत्रमा हालै फेला परेको १४ सय वर्ष पुराना शिलालेखले इतिहासको यो तथ्य पुष्टि गरेको छ । लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको…