काठमाडौं । त्रिभूवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । मंगलवार बिहानैबाट आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन शुरु भएको हो । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते हुने तय भएको छ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित…