नरेन्द्र मानन्धरकाठमाडौं । कीर्तिपुरको पुरानो बस्ती मच्छेगाउँ । मत्छेनारायण लगायतका धार्मिक स्थलहरू रहेको यस ठाउँमा गाईपालक गोपालीहरूको प्रचिनकालदेखि बसोबास रहँदै आएको छ । यहाँ नेपालको अन्य ठाउँमा नभएको बौद्ध चैत्यसमेत छ । चैत्यभित्र अर्को चैत्य रहनु नै यसको मुख्य विशेषता हो । गोपालीहरूको पुर्ख्यौली थलो मच्छेगाउँ, जहाँ प्राचिनकालदेखि विभिन्न समुदायको बसोबास रहँदै आएको छ ।…