३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


पशुपतिनाथ मन्दिर आजदेखि बन्द

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका मन्दिरमा नित्य पूजा भने नरोकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषको भनाइ छ । अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द रहने छन्…