धनकुटा । धनकुटामा मात्र मुख्य बसोबास रहेको आठपहरिया राई जातीको मुख्य पर्व वडाङ्गमेट यहाँका आठपहरिया राईहरुले धुमधामका साथ मनाइरहेका छन् । १५ दिनसम्म मनाइने यस पर्वमा पितृको संम्झना गर्ने गरिन्छ । धनकुटा नगरपालिकाको सान्ताङ्ग, बेलाहारा, छारागाउँ, भीरगाउँ लगायत आठपहरिया बस्तीहरुमा यो पर्व मनाईदैछ । यस पर्वमा वर्षदिन भरी आफन्त गुमाएका परिवारले शुद्ध रहेर नाच गाँन…