काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ । मंगलवार शीतल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गर्नुभएको हो । उहाँले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताउनुभयो । उहाँले साउने संक्रान्ति…