काठमाडौं । आज बिहीबार नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार बिहीबार नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ…