काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने कामना गर्नुभएको छ । प्रधानमन्त्री देउवाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै सबैसँग भाइचारा स्थापि गर्नका लागी शुभकामना प्रदान गर्नु भएको हो । उहाँले भन्नुभयो 'स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक…