काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिनुभएको छ । सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो विषय रहेको बताउनुभयो । उहाँले सबैले आशा र प्रतिक्षा गरेको…