निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अतिवाद र पटक-पटक संसद्माथिको प्रहारका कारण उनलाई आफ्नै सांसद्हरूले साथ दिएनन् । नेकपाको आन्तरिक किचलोको कारण कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो । प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसलाई संयुक्त सरकारको नेतृत्व गर्ने मौका मिल्यो । समानुपातिक तर्फबाट ४१ सिट हात पारेको नेपाली कांग्रेससँग संघीय संसद्मा ६१ जना वैधानिक सांसद् छन्…