राजन कुईंकेल । कोरोना भाइरसको विश्वव्यापी महामारीमा परेको नेपाल दुई महिनायता गरिएको लगातारको बन्दाबन्दीले नराम्ररी थलिएको छ । मुख्यगरी अर्थतन्त्रको ढाड नराम्ररी सेकिएको छ । यसका असरहरु लकडाउन खोल्न थालिएसँगै देखिने छ । आर्थिक गतिविधि ठप्प हुँदा यसको प्रभाव जताततै परेको छ । एकातिर अर्थतन्त्र थला परेको छ अर्कातर्फ साधारण खर्च अकाशिँदो छ । अनुत्पादक…