राजन कुईंकेल कोरोना भाइरसका कारण विश्वभर नयाँ नयाँ संकट सृजना भइरहेका छन् । विश्वव्यापी महामारीले स्वास्थ्य क्षेत्रमा त संकट ल्याएकै छ, त्योभन्दा भयावह बन्दैछ आर्थिक क्षेत्र । संसारभर एकसाथ परेको असरले विश्व अर्थव्यवस्था चरम मन्दीबाट गुज्रिँदैछ । एक सय वर्षयताकै सबैभन्दा कडा आर्थिक मन्दीको सामना गर्नुपर्ने चेतावनी अर्थविदहरुले दिइरहेका छन् । अर्थव्यवस्था अनुगमन गर्ने विश्व…