शशी पन्त ’प्रकृति र संस्कृति आफैंमा एक विराट विश्वविद्यालय हुन् ।’ कला र संस्कृतिको केन्द्र झैँ रहेको चितवनस्थित मेघौलीको थारू होमस्टेबाट विद्यार्थीहरूले धेरै कुरा सिकुन् भन्ने हाम्रो चाहना थियो । हामी सबैको सर सल्लाह पश्चात यो होमस्टे शैक्षिक अवलोकन भ्रमणका लागि हाम्रो रोजाइमा परेको थियो । कात्तिक महिनाको अन्त्यतिर भएकोले भरतपुरको मौसम पनि ठिक्कको थियो…