सिन्धुली । सिन्धुलीका वनमा डढेलो सल्काउनेलाई ड्रोन क्यामेराको सहयोगबाट समातिने भएको छ । डिभिजन वन कार्यालय मरिण सिन्धुलीले वन–जंगलमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारवाही गर्न वनमा ड्रोन उडाउन सुरु गरिएको हो । ड्रोन क्यामेराको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय विक्रम मानन्धरले बताउनुभयो ।…