काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेको सर्वोच्च अदालतका प्रवक्ता…