काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार भएको थुनछेक बहसपछि जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आदेशलगत्तै जोशीले धरौटी वापतको रकम बुझाएर रिहा भएका हुन् । थुनछेक बहसमा सरकारी वकिलहरुले बहस गरेका…