काठमाडौं । बिराटनगर महानगरपालिका वडा नंबर १७ मटेरुवाबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुशान्त रिजाल छन् । भारतबाट नेपालतर्फ आउदै गरेको मोटरसाईकल चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम…