काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन नेपाल भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको ‘एयर वे बिल’ नक्कली रहेको खुलासा भएको छ । तस्कर समूहले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ विमानस्थल भन्सारले पुष्टि गरेको हो । भन्सार कार्यालयले हङकङ विमानस्थल भन्सारलाई पत्र लेखी अनुसन्धानमा सघाउन गरेको आग्रहमा…