काठमाडौं । प्रहरीले काठमाण्डौंबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । बुढानीलकण्ठबाट प्रहरीले अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका चाबहिल बस्ने सुलभ भनिने सुरज श्रेष्ठ रहेका छन् । श्रेष्ठ यसअघि पनि विभिन्न अपराधमा ५ वर्ष कैद भुक्तान गरिसकेका ब्यक्ति हुन् । नाईन एमएमको चार राउण्ड गोलीयुक्त आधुनिक पेस्तोलसहित पक्राउ…