१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सुन प्रकरणमा पक्राउ परेकाको बयानकै आधारमा अनुसन्धान भइरहेको छ : प्रवक्ता अधिकारी

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धानलाई सुक्ष्म ढंगले अगाडि बढाउने बताएको छ । विभागले यो प्रकरणको जरोसम्म पुगी यसमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउने जनाएको छ । इमेज च्यानलसँग कुरा गर्दै राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले सुन प्रकरणमा पक्राउ परेको र उनीहरुकै बयानका आधारमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो ।…