गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरु अहिले प्रहरी हिरासतमा छन् । देशकै प्रतिष्ठामा आँच पुर्याउने यो प्रकरण दवाउन खोज्दा खोज्दै बाहिर आएको बुझिन थालेको छ । राजनीतिकदेखि प्रहरी संगठनसम्मको नेतृत्व तानिने खतरा बढेको यो प्रकरणलाई फितलो बनाउने खेल अहिले पनि चलिरहेको हो कि भन्ने देखिंदै छ ।…