इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार–६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हिरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए । पक्राउ परेका राईले पूर्वी नेपालको काँकडभिट्टा पारी भारतीय बजार पानीट्यांकीबाट लागुपदार्थ हिरोइन ल्याइ…