भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । नेपाल–भारतको सीमा क्षेत्र जमुनाहाबाट एकथान पेस्तोल र पेस्तोलमा लाग्ने तीनथान गोलीसहित पठानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । उनले भने–‘पठानको साथबाट दुई पुरिया ब्राउनसुगरसमेत बरामद भएको छ, सीमा क्षेत्रको अपराध न्यूनीकरणका…